जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

सुनसरी, पुस २६
सुनसरीको बराहक्षेत्र नगरपालिका–८ बाट २४ बर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा मेचीनगर नगरपालिका–११ घर भई सोही स्थान बस्दै आएका १९ बर्षीय बल बहादुर बिष्टलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधवार राती करिब १२ बजेको समयमा दमक नगरपालिका–३ घर भई माईती आएकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

बराहक्षेत्रका २३ वर्षीय रविन लिम्बु र बिष्टले महिलाको माईती घर देखी ५० मिटर पर जबरजस्ती करणी गरेको भनी स्थानीयवासीले जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले बिष्टलाई पक्राउ गरेको हो । अर्का प्रतिवादी लिम्बु तत्काल फरार रहेकोले खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।