झन्डै ७० लाखसहित विराटनगरबाट ३ हुण्डी कारोबारी पक्राउ

झन्डै ७० लाखसहित विराटनगरबाट ३ हुण्डी कारोबारी पक्राउ

विराटनगर, पुस २९
जिल्ला प्रहरी कार्यालय मोरङले ६९ लाख ५७ हजार ६ सय रकम सहित ३ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले विराटनगर–७ स्थित आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेका ३ जना सहित उक्त रकम आइतबार बिहान ११ बजे बरामद गरेको हो ।

पक्राउ पर्नेमा उक्त सहकारीका अध्यक्ष तथा विराटनगर ७ का ३२ बर्षीय राजेश हेडा, विराटनगर ११ का २५ बर्षका सुमित साह र विराटनगर १२ का ४१ बर्षका दिपककुमार कर्ण रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी मनोजकुमार केसीका अनुसार लामो समयदेखिको अनुसन्धान र फलोअप पछि उनीहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

लामो समयदेखिको अनुशनधानपछि उनीहरुलाई प्रकाउ गरिएको हो केसीले भने हामीले उनीहरुलाई पक्राउ गर्नुअघि हामीले अनुशन्धान र फलोअप गरेपछि उनीहरु पक्राउ परेका हुन । प्रहरीले सहकारीका अध्यक्ष हेडाको कार्यकक्षबाट नगद ५९ लाख ७ हजार ६ सय रुपैयाँ बरामद गरेको थियो ।

प्रहरीले  उक्त बरामद रकम श्रोत नखुलेको अवस्थामा बरामद गरेको जनाएको छ । सहकारी संस्थाको आडमा हेडाले हुण्डी कारोबार गर्दै आएको खुलेको प्रहरीको भनाइ छ । सोही संस्थाबाट नै सुमित साहको साथबाट ९ लाख ५० हजार पनि बरामद गर्न प्रहरी सफल भएको थियो । उनीहरुलाई थप अनुसन्धानका लागि म्याद थप गरी इटहरीस्थित राजस्व अनुसन्धान विभाग पठाइने केसीले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.