इलाम , पुस ३०
६ दिनदेखि अनसनमा रहेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई अस्पतालमा सारिएको छ । चिकित्सकहरुका अनुसार मुटुको धड्कन वढेको, छातीमा निमोनिया देखा परेपछि उनलाई इलाम अस्पतालमा सारिएको हो । इलामका धर्म गौतमको घरमा अनसन बरिरहेका केसीको मुटुको चाल अनियन्त्रित भएपछि जिल्ला अस्पतालमा सारिएको डाक्टर रामकृष्ण आचार्यले जानकारी दिए ।
केसीलाई अस्पतालको बहिरंग विभागमा राखिएको छ । जिल्ला अस्पतलाका डाक्टरहरुले उनको स्वास्थ्य परिक्षण गरेका छन् । डाक्टरहरुको टोलीले आइतबार गरेको स्वास्थ्य परीक्षणमा केसीको अवस्था कमजोर बनेको, शरीरमा ग्लुकोजको मात्रा घटेको र मुटुको चाल अनियन्त्रित भएकाले जिल्ला अस्पतालमा सार्नुपर्ने निष्कर्ष निकालेको थियो ।
यसैबीच, डाक्टर केसीका माग पूरा गर्न सरकारलाई दबाब दिन आज पनि इलाममा र्याली निकालिँदैछ । सरकारले आफूसँग गरेका सहमति कार्यान्वयन नगरेको, संसदीय समितिले तयार पारेको चिकित्सा शिक्षा विधेयकमा सहमतिको मर्म विपरित रहेकोलगायत माग गर्दै केसी ६ दिनदेखि इलाममा आमरण अनसनमा छन् ।