२४ घण्टामा नम्बर प्रदेशका १ हजार २ सय ७६ सवारी साधनलाई कारवाही

३० पुस ७५, मंगलबार

विराटनगर, माघ १

Advertisement

सवारी नियम उल्लंघन गर्ने १ नम्बर प्रदेशका १ हजार २ सय ७६ वटा सवारी साधन कारवाहीमा परेका छन् । १ नम्बरका प्रदेशका १४ जिल्लामा पुस ३० गते बिहान देखि माघ १ गतेसम्म (२४ घण्टा) मा १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट १ हजार २ सय ७६ वटा सवारी नियम उल्लंघन गर्ने सवारी साधन कारवाहीमा परेका हुन् ।

जस अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने २६ जना, मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने ३४ जना, विना हेल्मेट मोटरसाईकल चलाउने २८ जना, क्षमता भन्दा बढी मालसामान ढुवानी गर्ने १६३ जना, सवारी चालक अनुमति पत्र नभएका ६६ जना कारबाहीमा परेका छन् ।

Advertisement

त्यस्तै सवारी चालक अनुमति नभएकालाई सवारी साधन चलाउन दिन ६७ जना, जथाभावी पार्किङ्ग गर्ने ६७ जना, रोक्न निषेधमा सवारी साधन रोकेको ११७ जना, पार्किङ्ग निषेधमा सवारी साधन पार्किङ्ग गरेको ४६ जना, सुरक्षा पेटी नबाधेको ३२ जना, कागज पत्र साथमा नराखेको २३३ जना, ट्राफिक ईशारा उल्लघंन गरेको ६ जना, सवारी साधनको बत्तीको अवस्था ठिक नभएको ३४ जना कारबाहीमा परेका छन् ।

१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार तिब्रगतिमा सवारी चलाएको २९ जना, हर्न निषेधमा हर्न बजाएको ३ जना, ढोका खुल्ला गरी सवारी साधन चलाएको ७० जना, हद भन्दा बढी मालसामान ढुवानी गरेको ८८ जना, लापरवाही साथ सवारी साधन चलाएको १६६ जना र विना रुट परमिट चलाएको १ जना सवारी चालक तथा धनीहरु ट्राफिक कारवाहीमा परेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top