योगदिवसमा विराटनगरमा प्रभातफेरी

१ माघ ७५, मंगलबार

विराटनगर, माघ १
योगदिवसको अवसरमा विराटनगरमा प्रभातफेरी निकालिएको छ । प्रदेश एकको सामाजिक विकास मन्त्रालयको अगुवाईमा निकालिएको प्रभातफेरीमा पतंजली योग समिति मोरङ, महिला पतंजली योग समिति, पतंजली योग महानगर समिति र ब्रह्माकुमारी राजयोग सेवा केन्द्र लगायतका संघसंस्थामा आबद्ध सदस्य तथा सर्वसाधारण सहभागि भएका थिए ।

Advertisement

प्रभातफेरीले नगरक्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो ।प्रभातफेरीका सहभागीले ‘योग गरौ निरोग रहौं’ लगायतका योग सम्बन्धि सन्देशमूलक नारा लगाएका थिए ।स्थानीय जनआन्दोलनचोकबाट निकालिएको प्रभातफेरीले गुद्रीचोक, जलजलाचोकबाट मेनरोड हुंदै विराटनगर–२ शंकरपुरस्थित खुल्ला चौरमा पुगेर समापन भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top