समायोजनमा जाने कर्मचारीको संख्या ७५ हजार नाघ्यो

समायोजनमा जाने कर्मचारीको संख्या ७५ हजार नाघ्यो

काठमाडौँ : समायोजनको फाराम भर्न तोकिएको एक दिनअघि मंगलबारसम्म झन्डै ७५ हजार कर्मचारीले समायोजन रोजेका छन् । आज बुधबार समायोजनका लागि फारम भर्ने अन्तिम दिन तोकिएको छ ।

गत पुस ११ गतेदेखि संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारले सञ्चालन गरेको अनलाइनमा कर्मचारीले फारम भरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जानकारी दिनुभयो ।

फाराम भर्ने म्याद एक सेकेन्ड पनि नथप्ने जनाउँदै मन्त्री पण्डितले चिठ्ठी पाएको २१ दिनभित्र तोकिएको ठाउँमा नजाने कर्मचारीलाई कडाइका साथ खटाउने दाबी गर्नुभएको छ। ,यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.