सरकारकाे दाबी: केसी अनशन बस्नुपर्ने कुनै कारण छैन

सरकारकाे दाबी: केसी अनशन बस्नुपर्ने कुनै कारण छैन

काठमाडौं : गोविन्द केसी १६ औँ अनशनमा बसेको विषयमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले यो विषयमा आफू नबोल्ने बताएका छन् । त्यसो त सरकारले केसीको अनशनबारे औपचारिक धारणा पनि राखेको छैन् ।

तर उता, संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा रहेका सत्तारुढ दल नेकपाका सांसद योगेश भट्टराईले भने आफ्नो भनाइ राखेका छन, उनले भने– ‘डा केसीसँग भएको सहमतिमा विधेयकको प्रस्तावनामा ‘उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०७५’ राख्नुपर्ने उल्लेख थियो । अहिले विधेयकमा ‘विभिन्न समयमा गठित आयोग, समिति तथा कार्यदल’ भन्ने शब्द राखिएको छ । किनकि, केदारभक्त माथेमा मात्र होइन गौरीबहादुर कार्की, जयराम गिरी, प्रेम कुँवर, शिव राईलगायतको प्रतिवेदनको मर्म र भावनालाई प्रस्तावनामा समेटिएको छ ।’,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.