समायोजनमा जान कर्मचारी उत्साहित

काठमाडौंँ : सरकारले अध्यादेशबाट सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन कार्य अगाडि बढाएपछि उच्च सङ्ख्यामा कर्मचारीहरु समायोजनमा सहभागी भएका छन् । बुधवारसम्म करिब ७९ हजार कर्मचारीले समायोजनमा जान अनलाइन फारम भरेपछि अधिकारीहरूले यो सङ्ख्यालाई उत्साहजनक भनेका छन् ।,यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीले भन्नुभयो, ‘‘समायोजनमा जाने कर्मचारीको सङ्ख्या उत्साहजनक हो ।’’ सरकारले तीनै तहमा कर्मचारी समायोजनका लागि प्रदान गरेको तीन हप्ताको समय बुधवार सकिएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top