२४ घण्टामा ७ सय ४७ सवारी साधनलाई कारबाही

२ माघ ७५, बिहीबार

विराटनगर, माघ ३
चौबिस घण्टाभित्र सवारी नियम उल्लङ्घन गर्ने ७ सय ४७ वटा सवारी साधनलाई कारबाही गरिएको छ । माघ २ गते विहान ६ बजे देखि ३ गते विहान ६ बजेसम्म १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट ७४७ सवारी साधन कारवाहीमा परेका हुन् ।

जस अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ३१ जना, मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने ११ जना, विना हेल्मेट मोटरसाईकल चलाउने ८ जना, क्षमता भन्दा बढी मालसामान ढुवानी गर्ने ८८ जना, सवारी चालक अनुमति पत्र नभएका ४३ जना, सवारी चालक अनुमति नभएकालाई सवारी साधन चलाउन दिन २७ जना कारबाहीमा परेका छन् ।

Advertisement

त्यस्तै जथाभावी पार्किङ्ग गर्ने २९ जना, रोक्न निषेधमा सवारी साधन रोकेको ६४ जना, पार्किङ्ग निषेधमा सवारी साधन पार्किङ्ग गरेको ८ जना, सुरक्षा पेटी नबाधेको ७ जना, कागज पत्र साथमा नराखेको १८० जना, ट्राफिक ईशारा उल्लघंन गरेको ६ जना, सवारी साधनको बत्तीको अवस्था ठिक नभएको २८ जना, तिब्रगतिमा सवारी चलाएको ३१ जना कारबाहीमा परेका हुन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार हर्न निषेधमा हर्न बजाएको १ जना, ढोका खुल्ला गरी सवारी साधन चलाएको १२ जना, हद भन्दा बढी मालसामान ढुवानी गरेको ३३ जना, लापरवाही साथ सवारी साधन चलाएको १४० जना सवारी चालक तथा धनीहरु ट्राफिक कारवाहीमा परेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top