विराटनगर : विराटनगर अस्पताल (विराट नर्सिङ होम)ले एक विरामीको मस्तिष्कसम्म पुगेको फलामको टुक्रा शल्यक्रिया गरी निकालेको छ ।
भारतको छत्तपुर सुपौलका २५ वर्षीय मोहम्मद साजिदको टाउकोको हड्डी छेडेर मस्तिष्कभित्र पसेको चार सेन्टिमिटर लम्बाई र तीन सेन्टिमिटर लम्बाई र तीन सेन्टिमिटर चौडाईको फलामको टुक्रा शल्यक्रिया गरी निकालेको हो ।
धान थे्रेसरको भित्री पंखाको टुक्रा साजिदको देब्रेपट्टी टाउकोबाट मस्तिष्कसम्म पुगेको थियो । ‘हड्डी छेडेर मस्तिष्कभित्र टुक्रा पुगेको थियो ’उपचारमा संलग्न न्युरो सर्जन डक्टर आलोक देवले भने–‘पाँच घण्टा लगाएर फलामको टुक्रा निकाल्न सफल भयौँ ’
उनले भने–‘मैले हजारभन्दा बढी शल्यक्रिया गरिसकेँ तर साजिदको केश भने दुर्लभ हो ’, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।