मन्त्री पण्डितको पहलमा विरेन्द्रसभा गृह अत्याधुनिक बनाइने

मन्त्री पण्डितको पहलमा विरेन्द्रसभा गृह अत्याधुनिक बनाइने

विराटनगर, माघ ८
विराटनगर स्थित विरेन्द्र सभागृहलाई अत्याधुनिक सुविधा सम्पन्न बनाईने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पहलमा सो सभागृह डिजिटल प्रविधियुक्त सुविधा सम्पन्न बनाईन लागेको हो ।

ऐतिहासिक विरेन्द्र सभागृहको पुर्ननिर्माण र अत्याधुनिक सुविधा सम्पन्न बनाउनका लागि ४ करोड रुपैयाँ छुट्याएको छन् । निर्वाचनका समयमा जनतामाझ गरेको प्रतिवद्धता अनुसार आफ्नो मन्त्रालय मार्फत मन्त्री पण्डितले सभागृह अत्याधुनिक सुविधा सम्पन्न बनाउनका लागि ४ करोड रुपैयाँ छुट्याएको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) १ नं. प्रदेश कमिटि सदस्य सत्यनारायण चौधरीले जानकारी दिए ।

उनले पुर्ननिर्माण गरिने सभागृहको योजना ९ करोड रुपैयाँको रहेको बताउँदै मन्त्री पण्डितको पहलमा ४ करोड रुपैयाँ मन्त्रालय मार्फत छुट्याईएको र त्यसमा विराटनगर महानगरपालिकाले थप बजेट लगानी गर्ने योजना रहेको बताए ।

पर्नुनिर्माण पछि नयाँ बन्ने सभागृह एसि, डिजिटल प्रविधियुक्त रहने बताईएको छ । विराटनगरको ऐतिहासिक धरोहरका रुपमा रहेको विरेन्द्र सभागृहमा हाल विभिन्न संघ संस्थाका भेला, सभा, सम्मेलन लगायतका कार्यक्रमहरु हुने गरेका छन् भने पुर्ननिर्माणपछि सो सभागृहमा अन्तराष्ट्रिय स्तरका कार्यक्रमहरु समेत सञ्चालन गर्न सकिने जनाईएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.