×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

विराटनगरमा तरुण दलको सरकार विरोधी आन्दोलन

विराटनगर, माघ ८
कांग्रेस भ्रातृ संगठन तरुण दलले प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाट सरकार विरोधी आन्दोलन सुरु गरेको छ । तरुण दलका केन्द्रीय नेताको सहभागितामा मंगलबार विराटनगरबाट सुरु भएको आन्दोलन सातै प्रदेशमा हुनेछ ।

विरोध सभालाई सम्बोधन गर्दै नेपाल तरुण दलका केन्द्रीय सभापति जितजंग बस्नेतले निर्मला पन्तको बलात्कार र हत्यामा गृहमन्त्रीकै छोरातर्फ औंला ठडिएको आरोप लगाउँदै उनलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । उनले ‘‘यो घटनामा गृहमन्त्रीका छोरालाई कानुनी दायरामा ल्याइनु पर्छ ।’’

Advertisement
Advertisement

उनले भने एउटा बच्चीको बलात्कार र हत्या हुँदासमेत सरकार नै त्यसलाई ढाकछोप गर्न सक्रिय भएको आरोप लगाए । घटना हुँदा गृहमन्त्रीका छोरा महेन्द्रनगरमा नै रहेको उनले बताए । सरकारलाई भ्रष्टाचारमुक्त बनाउन दबाब दिने उद्देश्यले तरुण दल आन्दोलन लिएर सातवटै प्रदेशमा गएको नेताहरुले बताए । भ्रष्टाचारमा सरकार नै फसेकोले यसको विरोधमा सडकमा आउनु परेको र समृद्धिको कुरा गर्ने सरकार असफल बन्दै गएको दाबी गरे । प्रधानमन्त्री केपी ओलीलाई जनताले समृद्ध नेपाल बनाउने आशामा दुई तिहाई मत दिएको तर त्यसको त्यसको अवमूल्यन भएको बताए । भने,‘‘हामीले पनि चिठी पठाएर देशलाई समृद्ध बनाउनु होस भन्दै शुभकामना दिएका थियौं तर सरकारको बाटो उँधोगतितर्फ लागेको छ ।’’ देशलाई अधिनायकवाद तर्फ लैजान अहिले मुलुकमा चारथरिका कम्युनिष्ट सक्रिय भएको बताउँदै बस्नेते सानो अंशका रुपमा एउटा सडकमा, अर्को जंगलमा, एउटा संसदमा र अर्को सरकारको रुपमा सरकारमा रहेको बताए । भने,‘‘सबैतिरबाट घेराबन्दी गरेर मुलुकलाई अधिनायकवादतर्फ लग्ने प्रयास हुँदैछ ।’’

विराटनगरको शनिबाटबाट विरोधसहित शुरु भएको जुलुस महेन्द्र चौकमा आई विरोध सभामा परिणत भएको थियो । सभामा सहभागी हुन प्रदेश १ का चौधवटै प्रदेशबाट तरुण दलका कार्यकर्ता विराटनगरमा भेला भएका थिए । सभालाई सम्बोधन गर्दै तरुण दलका केन्द्रीय उपसभापति उत्तम चापागाईंले वाइडबडीमा खरिदको घटनामा संलग्न मन्त्री रविन्द्र अधिकारीले राजिनामा नदिएर निर्लज्जता प्रदर्शन गरेको बताउँदै भने,‘‘यो प्रकरण पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा शुरु भई केपी ओलीको पालामा पूरा गरिएको छ ।’’ सरकारले जनतालाई दिनुपर्ने उपहार हेलिकप्टर र १८ करोडको गाडीको रुपमा राष्ट्रपतिलाई दिएको आरोप लगाए ।

तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई बचाउन सरकार नै सक्रिय भएको आरोप लगाउँदै भने,‘‘वाइडबडी र सुनकाण्ड गर्ने पनि सरकारै मानिसहरु हुन ।’’ उनले सुशील कोइराला र गिरिजाप्रसाद कोइरालाको नामका अस्पताल खारेज गरिए अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

Advertisement

कोषाध्यक्ष विद्वान गुरुङले सरकारको रवैया जनहित भन्दा पनि आफ्ना मानिस र आसोपपासेलाई पोस्ने खालको भएको बताए । अत्यधिक कर बढाएर जनताको ढाड सेकेको, महंगी चुलिएको र जनताको थाप्लो ऋण अझ बढेको उनको भनाइ थियो ।विरोध सभामा तरुण दल सुनसरीका सभापति सिजन गुरुङ, झापाका सभापति गोपाल तामाङ, मोरङ काँग्रेसका सचिव नागेश कोइराला, तरुण दलका केन्द्रीय सदस्य रंजित झा र मोरङ सभापति सञ्जय थापाले मन्तब्य राखेका थिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top