×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कृष्ण पहाडीसहित २१ अभियानकर्मी बानेश्वरबाट पक्राउ

काठमाडौँ,माघ ८

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा धर्ना दिँदै आएका मानवअधिकार तथा शान्ति समाजका २१ अभियानकर्मी पक्राउ परेका छन् ।

Advertisement
Advertisement

प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाईं, डा गङ्गाधर अधिकारी, सचिव बलबहादुर गाहामगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य गीता तिमल्सिना, काठमाडौँ शाखाका कार्यबाहक सभापति जगन्नाथ पुडासैनीलाई पक्राउ गरेको हो ।

त्यस्तै ललितपुर शाखाका सभापति चन्द्रमणि बञ्जारा, अधिकारकर्मी ईश्वर पुडासैनी, सुकदेव अधिकारी, बिपी पौडैल, ईश्वरी नेपाल, रुपा गिरी, बाबुराम न्यौपानै, नारायण श्रेष्ठ, विनित अर्याल, किरण ढकाल, मुरारीप्रसाद फुयाल, नानीकाजी गिरी र अमृतजङ्ग महतलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको छ ।

Advertisement

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने, वाइड बडी जहाज खरीदमा भ्रष्टाचार भएको भन्दै त्यसमा संलग्न मुख्य दोषीलाई कारवाही गर्नुपर्ने र सत्याग्रही प्रा. डा. गोविन्द केसीसँग सरकारले गरेका सहमति कार्यान्वयन गर्नुपर्ने मागसहित मानवअधिकार तथा शान्ति समाजले सङ्घीय संसद् भवन अगाडि धर्नासहित प्रदर्शन गरेको सभापति पुडासैनीले बताए ।,रासस

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top