×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

८ औं हिसान स्पोर्टस् मिट विराटनगरमा सुरु

९ माघ २०७५

विराटनगर, माघ ९
उच्च शिक्षालय तथा विद्यालय संघ हिसान मोरङले विराटनगरमा ८ औं हिसान स्पोर्टस मिट मंगलबारदेखि सुरु भएको छ । खेलकुदका माध्यबाट विद्यार्थीलाई शारीरिक स्वास्थ्य राख्ने उद्देश्यले खेलकुद महोत्सव आयोजना गरेको हो ।

प्रतियोगिता अन्तर्गत फुटबलको पहिलो खेलमा ग्रिनल्याण्ड कलेजले सिर्जनाज्ञान कुञ्जलाई २–० गोलमा पराजित गर्दै पहिलो चरणमा प्रवेश गरेको छ । ग्रिनल्याण्डका मुकेश बोगटी र पेमा गुरुङले समान १–१ गोल गर्दै टिमलाई विजयी बनाए । खेलको म्यान अफ द म्याच ग्रिनल्याण्डका पेमा गुरुङ घोषित भए ।

Advertisement
Advertisement

त्यसैगरी दोस्रो खेलमा मेरिल्याण्ड कलेजले नेशनल एकेडेमीलाई ६–२ गोलमा पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । मेरिल्याण्डका सन्तोष चौधरीले ३ गोल, अनिष चौधरी, स्वीकार भट्टराई र समिर क्षेत्रीले १–१ गोल गरेका छन् । नेशनल एकेडेमीका बुद्धबल तामाङ र विक्रम राजवंशीले १–१ गोल गरे । म्यान अफ द म्याच मेरिल्याण्डका सन्तोष चौधरी भए ।

तेस्रो खेलमा बुद्ध अंग्रेजी बोर्डिङ स्कुलले शिक्षादीप कलेजलाई ३–१ गोल गर्दै पहिलो चरणमा प्रवेश गरेको छ । बुद्धका विमल राजवंशी, राजीवकुमार खवास र विराजकुमार मुसहरले समान १–१ गोल गरे । शिक्षादीपका लागि राहुल चौधरीले गोल गरे । म्यान अफ द म्याच बुद्धका राजीवकुमार खवास भए ।

चौथो खेलमा कोसी कलेजले पथरीको एभरेष्ट कलेजलाई २–० गोलमा पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । म्यान अफ द म्याच कोसीका पर्शु राई भए ।

त्यस्तै क्रिकेटतर्पm पहिलो खेलमा अर्डिक कलेजले सिटी कलेजलाई ५२ रनले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । टस जितेर सिटीले अर्किडलाई ब्याटिङको मौका दिएको थियो । अर्किडले ब्याटिङ थाल्दै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय २० रन बनायो । जसमा मोहित अर्यालले ३२, रञ्जन पासवानले २२ र जस किशनले १४ रन बनाए । बलिङमा सिटीका सचिन साहले ३ विकेट लिए । १सय३ रनको विजयी लक्ष्य पाएको सिटीले १७ ओभर १ बलमा सबै विकेट गुमाउँदै ६८ रनमा समेटियो । जसमा विजय सहनीले १२, अर्जुन राजवंशी १२ र वीरेन्द्र राजवंशीले ११ रन बनाए । बलिङमा अर्किडका सिद्धार्थ ढकाल र मञ्जित कामले ३–३ विकेट लिए भने मोहित अर्यालले २ विकेट लिए । अर्किडका मोहित अर्याल म्यान अफ द म्याच भए ।

दोस्रो खेलमा ग्रिनल्याण्ड कलेजले कोबास कलेजलाई १२ रनले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको ग्रिनल्याण्डले १५ ओभरमा ८ विकेटको क्षतिमा १ सय १ रन बनायो । जसमा पिन्टु यादवले १५, सन्तोष गुप्ताले १३ र मिहिर मिश्रले १० रन बनाए । बलिङमा कोबासका इवाजत अली र दीपेन्द्र रायले ३–३ विकेट लिए । १सय २ रनको विजयी लक्ष्य पाएको कोबासले १४ ओभर ५ बलमा ८९ रनमै समेटियो । जसमा साहेल आलमले ४२, दीपेन्द्र रायले ११ र रितिकले १० रन बनाए । बलिङतर्फ ग्रिनल्याण्डका सिद्धार्थ यादवले ५ र मानस अधिकारीले ३ विकेट लिए । म्यान अफ द म्याच ग्रिनल्याण्डका सिद्धार्थ यादव भए ।

Advertisement

हिसान स्पोर्टस् मिटमा फुटबल, क्रिकेट, भलिबल, टेबलटेनिस, बास्केटबल, एथलेटिक्सका खेलमा मोरङका २४ कलेजको सहभागिता रहेको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top