उप्रेतीको कृति ‘मृत्युस्पर्श’ कृतिमाथि विमर्श

१० माघ ७५, बिहीबार
Share this
770shares

विराटनगर, माघ १०
नेपाली लेखक संघ मोरङको आयोजनामा बिहीबार विराटनगरमा साहित्यकार प्राज्ञ लक्ष्मी उप्रेतीको नवितम कृतिमाथि विमर्श गरिएको छ ।
विराटनगरस्थित परोपकार अभियान समूहको सभाहलमा भएको कार्यक्रममा उप्रेतीको हालै प्रकाशित ‘मृत्युस्पर्श’ कृतिमाथि विमर्श गरिएको हो ।

Advertisement

कृतिमाथि साहित्यकार भेषराज पोखरेल र निर्मला कोइरालाले समीक्षात्मक टिप्पणी गरे । कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा. डा. गोपाल भण्डारी, समालोचक दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, प्राध्यापक कविराज न्यौपाने, साहित्यकार बलराम पोखरेल, आयोजक संस्थाका अध्यक्ष गोकुल अधिकारी, सचिव मीनकुमार नवोदितलगायतले मृत्युस्पर्श कृति पढिसकेपछि प्राणघातक रोग लागेर पनि मानिसलाई जीवनप्रति सकारात्मक चिन्तन र जिम्मेवारीबोध गराउने बताए ।

वक्ताहरूले समयमै उचित उपचारका साथै बिरामीमा उच्च आत्मबल भयो भने जस्तोसुकै रोगलाई पनि परास्त गर्न सकिने पुस्तकमा उल्लेख भएको चर्चा गरे । लेखक उप्रेतीलाई क्यान्सर रोग लागेको थियो । उनी उपचारपछि हाल रोग लाग्नुभन्दा अगाडिकै अवस्थामा पुगेकी छन् ।

Advertisement

वनिता साहित्यिक परिवारको अध्यक्षसमेत रहेकी उप्रेती ३ दशकभन्दा लामो समयदेखि साहित्य लेखनमा सक्रिय छन् । कृतिमा उप्रेतीलाई क्यान्सर रोग लाग्दाको अवस्था, उपचारका समयमा भोग्नुपरेका आर्थिक समस्या र मानसिक तनावलगायत समावेश गरिएको छ । विभिन्न २७ शीर्षक राखेर आफ्ना अनुभूतिहरू कृतिमा समावेश गरिएको लेखक उप्रेतीले बताइन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top