हुम्लामा सरकारी अुनदानको चामल निजी व्यापारीको भन्दा महँगो

हुम्लामा सरकारी अुनदानको चामल निजी व्यापारीको भन्दा महँगो

काठमाडौं : सरकारले अनुदानमा दिएको चामल नै महँगोमा बिक्रि भएको छ । खाद्य संस्थानले हुम्ला, डोल्पा र काठमाडौंमा बिक्री गर्ने जापानी अनुदानको चामल निजी व्यापारीको भन्दा महँगो भएको हो ।,यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

न्युन आय भएका जनतालाई राहतमा सरकारले वितरण गर्नेअनुदानको चामलमा नै संस्थानले तोकेको र निजी व्यापारीको मूल्यामा १६ रुपैयाँको अन्तर छ ।

संस्थान स्रोतका अनुसार सरकारले हुम्लाका लागि प्रतिकिलो ६१ रुपैयाँ निर्धारण गरेको छ । निजी व्यापारीले प्रतिकिलो ४५ रुपैयाँदेखि ५० रुपैयाँमा बिक्री गरेका छन् । जुन निजी व्यापारीको भन्दा १६ रुपैयाँको अन्तर हो ।

संस्थानका एक अधिकारीले भने अघिल्लो वर्ष तोकेको मूल्य अहिले पनि निरन्तर हुँदा अनुदानको चामलमा आकर्षण हुनसकेको छैन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.