युएईविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा नेपाल ३ विकेटले पराजित

युएईविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा नेपाल ३ विकेटले पराजित

एजेन्सी, माघ १२
दुवईमा शुक्रबार भएको युएईविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ ।पहिलो एक दिवसीय क्रिकेटमा नेपालले दिएको १ सय १४ रनको लक्ष्य युएईले ३२ दशमलब १ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको हो । १ सय १४ रनको लक्ष्य पछ्याएको युएईले पनि गतिलो सुरुआत भने गर्न सकेको थिएन ।

टिमको स्कोर ५ हुँदा मोहम्मद अस्फिकलाई करण केसीले पहिलो विकेटको रुपमा आउट गरेका थिए । नेपालका पारस खड्का, करण केसी र सन्दिप लामिछानेले दुई दुई विकेट लिँदा सोमपाल कामीले १ विकेट लिएका थिए ।

यसअघि, टस हारि पहिला ब्याटिङ गरेको नेपाल ३३.५ ओभरमा १ सय १३ रन बनाउँदै अल आउट हुन पुग्यो । नेपालका नियमित बलर सोमपाल कामीले सर्वाधिक ३० रन बनाउँदा, आरिफ शेखले २५, कप्तान पारस खड्काले २० तथा सन्दीप लामिछानेले १५ रन बनाए ।युएईका लागि मोहम्मद नाभिदले अमिर हायात तीन तीन विकेट लिँदा इमरान हैदरले समान दुई तथा क्वेदर अहमदले १ विकेट लिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.