फेरिँदै बाजुराकाे मान्यता, छाउगोठ भत्काउनमा लागे मष्टो देवताका धामी

फेरिँदै बाजुराकाे मान्यता, छाउगोठ भत्काउनमा लागे मष्टो देवताका धामी

बाजुरा : बाजुराको पाण्डसैन अगाउँपानका मष्टो देवताका धामी जय रोकाया छाउगोठ भत्काउन लागेका छन् । छाउ (महिनाबारी)लाई धार्मिक आस्थासँग जोडेर महिनाबारी हुनु दैवी शक्तिको खेल हो, धामीझाँक्री तथा देवताका अनुयायीले छाउ हुँदा महिललाई छुन हुँदैन, छाउ हुँदा महिलालाई घरमा सुताउनु धर्म विरोधी काम हो भन्ने मान्यताका रोकाया आफै छाउगोठ भत्काउनमा लागेका हुन् ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

आमासहित दुई छोराको छाउगोठमा मृत्यु भएपछि रोकाया आफै गोठ भत्काउन सक्रिय छन् । बुढीनन्द नगरपालिकाको छाउगोठ नभत्काउने र कुप्रथालाई मान्यता दिने परिवारलाई सबै प्रकारका सुविधाबाट वञ्चित गर्ने निणर्यलाई उनीहरुले सहज स्वीकार गरेका छन् ।रोकायासँगै घटाल देवताका धामी हरिलाल रोकाया पनि छाउगोठ भत्काउन सक्रिय भएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.