प्रधानमन्त्री नहुँदा चिकित्सा शिक्षा विधेयक पारित गर्न नेकपालाई किन हतारो ?

काठमाडौं : प्रधानमन्त्री विदेश रहेका बेला नेकपाले तीनवटा महत्वपूर्ण विषयमा निर्णय तथा छलफल गर्‍यो। संसद्बाट चिकित्सा शिक्षा विधेयक पारित, भेनेजुयलाको राजनीतिक संकटमा नेकपा अध्यक्ष पुष्पकमल दाहालको कडा वक्तव्य तथा तथा झम्सिखेलमा शीर्ष नेताको गोप्य बैठक तीन गतिविधि नेकपा भित्र देखियो।

प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोध, होहल्ला तथा घम्साघम्सीका बीच ‘चिकित्सा शिक्षा विधेयक’ प्रतिनिधिसभाबाट वहुमतले शुक्रबार पारित भयो। संसदीय प्रणालीमा वलजफ्ती पारित विधेयकको अर्को नजिरमा यो विधेयक पनि पर्‍यो। विधेयक पारित गर्दा प्रतिपक्षीले रोस्टम घेराउ, नारावाजी र होहल्ला जारी राखे। सडकमा पनि विधेयकप्रति असहमति प्रकट भइरहेकै थियो।

विधयेक आफूसँग भएको सहमति विपरितका प्रावधान समेटेर ल्याइएको भन्दै डा।गोविन्द केसी अनशनमा छन्। प्रधानमन्त्री केपी ओली देश बाहिर थिए। प्रधानमन्त्री शनिबार बिहान स्वदेश फर्कंदै थिए।

Advertisement

प्रधानमन्त्रीलाई २० घण्टा पनि नकुरी हतारमा सत्तापक्षले विधेयक किन पारित गर्‍यो रु नेकपाका केन्द्रीय सदस्य तथा पूर्वस्वस्थ्यमन्त्री खगराज अधिकारील अन्नपूर्णसँग भने, ‘प्रधानमन्त्री देशभित्र–बाहिर जहाँ भएपनि यो विधेयकमा गर्ने के हो र रु उहाँ भए पनि, नभए पनि संसद्को प्रक्रिया अन्तर्गत पारित हुने विषय हो विधेयक, त्यही अनुसार पारित भयो।’

सत्तापक्षका सांसदहरूले प्रक्रियागत रूपमा विधेयक पारित भएको बताए पनि प्रधानमन्त्री आफू विदेश जाने बेला नै विधेयक पारित गर्न निर्देशन दिएकाले सत्तापक्षले हतारो देखाएको कांग्रेस नेता मीनेन्द्र रिजाल जिकिर गर्छन्।

Advertisement

‘प्रधानमन्त्रीले विदेश जानु अघि विधेयक आफू नआउँदै पारित गर्न भनेर ‘भगवान’ ले जसरी निर्देशन दिनुभएको थियो, त्यही आदेशलाई सत्तापक्षका नेताले शिरोधार्य गरे’, कांग्रेस नेता रिजालले भने।, यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top