दुर्घटनामा घाईते बाराका प्रजिअलाई काठमाडौं लगियो

१३ माघ २०७५, आइतबार
Share this
692shares

विराटनगर, माघ १३
सवारी दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । कैलास हेलिकप्टर सर्भिसेजको हेलिकप्टरबाट उनलाई काठमाडौं लगिएको हो ।

Advertisement

ग्रान्डी अस्पतालका क्रिटिकल केयर स्पेसलिष्ट डा. अजय थापासहितको टोली आएर प्रजिअ भट्टराईलाई काठमाडौं लगेको हो । उनी चढ्दै आएको जिल्ला प्रशासन कार्यालय बाराको ना १ झ १६३३ नम्बरको गाडी शनिबार बेलुका दुर्घटना भएको थियो ।

दुर्घटनामा सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको मृत्यु भएको थियो । वीरगञ्ज हेल्थ केयर अस्पतालमा न्युरो सर्जन डाक्टर फिरोज अफजल नेतृत्वको चिकित्सक टोलीले राति नै प्रजिअ भट्टराईको टाउकोको शल्यक्रिया गरी जमेको रगत निकालेको थियो । \

Advertisement

प्रजिअ भट्टराईको अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । कर्मचारी मिलन केन्द्र बाराले आयोजना गरेको पिकनीकमा सहभागी भइ निजगढबाट र्फकने क्रममा पसाहा पुल नजिकै हाईवेमा दुर्घटना भएको थियो ।

रोकेर राखेको ट्याक्टरको ट्रलीमा ठोक्किएर प्रजिअ चढेको गाडी दुर्घटना परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका प्रमुख जिल्ला अधिकारी भट्टराईका अंगरक्षक सञ्जय यादव, शम्भु गुरुङ र सवारी चालक जगत पटेलको अवस्था भने सामान्य छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top