दुर्घटनामा घाईते बाराका प्रजिअलाई काठमाडौं लगियो

विराटनगर, माघ १३
सवारी दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । कैलास हेलिकप्टर सर्भिसेजको हेलिकप्टरबाट उनलाई काठमाडौं लगिएको हो ।

ग्रान्डी अस्पतालका क्रिटिकल केयर स्पेसलिष्ट डा. अजय थापासहितको टोली आएर प्रजिअ भट्टराईलाई काठमाडौं लगेको हो । उनी चढ्दै आएको जिल्ला प्रशासन कार्यालय बाराको ना १ झ १६३३ नम्बरको गाडी शनिबार बेलुका दुर्घटना भएको थियो ।

दुर्घटनामा सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको मृत्यु भएको थियो । वीरगञ्ज हेल्थ केयर अस्पतालमा न्युरो सर्जन डाक्टर फिरोज अफजल नेतृत्वको चिकित्सक टोलीले राति नै प्रजिअ भट्टराईको टाउकोको शल्यक्रिया गरी जमेको रगत निकालेको थियो । \

Advertisement

प्रजिअ भट्टराईको अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । कर्मचारी मिलन केन्द्र बाराले आयोजना गरेको पिकनीकमा सहभागी भइ निजगढबाट र्फकने क्रममा पसाहा पुल नजिकै हाईवेमा दुर्घटना भएको थियो ।

रोकेर राखेको ट्याक्टरको ट्रलीमा ठोक्किएर प्रजिअ चढेको गाडी दुर्घटना परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका प्रमुख जिल्ला अधिकारी भट्टराईका अंगरक्षक सञ्जय यादव, शम्भु गुरुङ र सवारी चालक जगत पटेलको अवस्था भने सामान्य छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top