मोरङको सुन्दर हरैचामा अनिश्चितकालीन निषेधाज्ञा जारी

१४ माघ २०७५, सोमबार
Share this
748shares

विराटनगर,माघ १४
मोरङको सुन्दर हरैंचामा नगरपालिका स्थित विराटचौकमा ट्रिपरको ठक्करबाट मृत्यू भएपछि आक्रोशित बनेका स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिन नसक्दा प्रशासनले अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ ।

Advertisement

तर निषेधाज्ञा लगाईएपनि त्यसको अवज्ञा गर्दै स्थानीयले सडकमै प्रदर्शन गरिरहेका छन् । आज विहान बिराटचौकबाट बिराटनगर तर्फ जाँदै गरेको ना ३३ ख ३३५५ नम्बरको ट्रिपरको ठक्करबाट सुन्दरहरैचा ९ विराटचौंक शान्तिटोलकी लक्ष्मी ढकालको मृत्यू भएपछि स्थानीय आक्रोशित बनेका हुन ।

Advertisement

 

Advertisement

आक्रोशित स्थानीयले एक दर्जन ट्रिपर जलाईसकेका छन् । घटनास्थल सुन्दरहरैंचाको सिसौंघारी क्षेत्रमा सशस्त्र र जनपद प्रहरी व्यापक रूपमा परिचालन गरिएको भए पनि स्थानीयले सडकमा प्रदर्शन जारी राखेका छन् । मृतक वालिका ईन्द्रपुर ई स्कुल सुन्दरहरैको कक्षा ३ मा अध्ययनरत थिईन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top