एजेन्सी, माघ १५
सन २०२० मा अष्ट्रेलियामा हुने आईसीसी महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगितामा वरियतामा रहेका शीर्ष १० टिमले प्रतिस्पर्धा गर्ने छन ।
२०२० को फेब्रुअरी २१ देखि मार्च ८ सम्म हुने प्रतियोगिताको तालिका क्रिकेटको सर्वोच्च निकाय आईसीसीले मंगलबार सार्वजनिक गरेको हो । महिला विश्वकपको उद्घाटन खेल सिड्नी र फाइनल खेल मेलर्वनमा हुनेछ ।
उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया र भारत भिड्ने छन । समूह ए मा भारत र अष्ट्रेलियासहित न्यूजिल्याण्ड, श्रीलंकासहित एउटा क्वालीफायर खेलेर आउने टिम रहने छ । यस्तै समूह बीमा इंग्ल्याण्ड, वेस्ट इन्डिज, दक्षिण अफ्रिका पाकिस्तान र छनोट हुने दोस्रो टोली समावेश हुनेछ ।