×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026

नेपालमा भ्रष्टाचार घटेन

काठमाडौँ, माघ १५
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने’ भनेर सार्वजनिक रुपमा पटक पटक बताउने गरेपनि देशमा भ्रष्टाचार नघटेको तथ्यांकले देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले जारी गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सिपिआई), २०१८ मा नेपाल १८० देशमध्ये १२४ औं स्थानमा रहेको छ ।

यसले नेपालका शक्तिशाली प्रधानमन्त्रीले भ्रष्टाचार बिरोधी कदम चाल्ने कडा भाषण गरेपनि त्यो घट्न नसकेको देखाएको हो । सन् २०१७ मा १०० मा ३१ अंक पाएको नेपालले २०१८ मा पनि ३१ अंक नै पाएको छ । शून्य अंक अति भ्रष्टाचार र १०० अंकले स्वच्छ मुलुकका रुपमा चित्रण गर्दछ । सिपिआईले बताएअनुसार भ्रष्टाचार कम हुने मुलुकमा कानूनी शासन, स्वतन्त्र नियमनकारी निकाय, स्वतन्त्र प्रेस र नागरिक समाजलाई खुलापन हुन्छ भने भ्रष्टाचार बढी हुने मुलुकमा नियमन र नागरिक अधिकारको स्थिति कमजोर हुने गर्छ ।

Advertisement
Advertisement

नेपालजस्ता मुलुकमा राजनीतिक अधिकारमा कमी, नियन्त्रित मिडिया र फितलो कानूनी शासन ब्यबस्था रहने सिपिआई २०१८ ले बताएको छ । विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वल्र्ड जस्टिस प्रोजेक्ट र भीडीइएमसमेत ६ ओटा संस्थाद्वारा गरिएको सर्वेक्षणका आधारमा नेपाल १८० मुलुकमध्ये १२४ स्थानमा परेको हो ।

यस वर्ष डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने र सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएको छ । दक्षिण एशियाली राष्ट्रहरुमा भुटान २५, भारत ७८, श्रीलङ्का ८९, पाकिस्तान ११७, मालदिभ्स १२४, बङ्गलादेश १४९ र अफगानिस्तान १७२औं स्थानमा रहेका छन् । छिमेकी मुलुक चीनले ३९ अङ्क प्राप्त गरी ८७ औं स्थानमा छ ।

Advertisement

सिपिआईको सर्वेक्षण अनुसार निर्वाचनपछि नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारबाहीमा कमी, सूचनामा नागरिकको पहुँचमा कमी, राजनीतिमा भ्रष्टाचार जस्ता दीर्घकालीन समस्या विद्यमान रहेको देखाएको छ । नेपालले पाएको स्कोरले भ्रष्टाचारको स्थिति चिन्ताजनक रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका महासचिव मुकुन्द बहादुर प्रधानले बताएका छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top