विराटनगर,माघ १५
प्रजनन स्वास्थ्यमा महिलाहरुलाई आत्मनिर्णयको अधिकार हुनुपर्नेमा मंगलबार विराटनगरमा आयोजित एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् । उनीहरुले बालविवाह कानूनी अपराध हुनुका साथै यसवाट शिक्षा, स्वास्थ्य तथा समाजमा नकारात्मक प्रभाव पर्ने भएकोले समाजले कुनै पनि अर्थमा यसलाई मान्यता दिन नहुने बताए ।
महिला कानून र विकास मञ्च र सेन्टर फर रिप्रोडक्टीभ राइटस्द्धारा विराटनगरमा आयोजित “महिलाको प्रजनन् स्वास्थ्य अधिकार र बालविवाह विरुद्धको अधिकारसम्बन्धी प्रदेशस्तरीय छलफलमा वक्ताहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । महिलाले प्रजनन् भूमिका निर्वाह गर्ने भएकाले उनीहरुलाई सम्मान दिनुपर्नेमा सञ्चारकर्मीहरुको जोड थियो ।
अन्तरक्रिया कार्यक्रममा महिला कानून विकास मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठ, अधिवक्ताहरु प्रभाकर श्रेष्ठ, पूर्णा श्रेष्ठ, नविनकुमार श्रेठ र मीना गिरीले महिलाको प्रजनन स्वास्थ्य अधिकार, प्रजनन स्वास्थ्य अधिकार सम्वन्धी मान्यताको प्रवद्र्धन र बालविवाह विरुद्धको अधिकार विषयमा सहजीकरण गरेका थिए । छलफल कार्यक्रममा प्रदेश नं १ का १२ जिल्लाका २० जना संञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।