विराटनगर : गत पुस २७ गते मोबाईलको ब्याट्रि पड्किएर ११ वर्षीय अमित साहको मृत्यु हुँदा प्रदेश सरकारले सहयोग स्वरुप १ लाख रुपैँया सहयोग गर्यो ।
ब्याट्रि पड्किँदा ज्यान गुमाएका परिवारलाई राहतस्वरुप १ लाख रुपैँया सहयोग गरेको प्रदेश सरकारले शंकास्पद्रुपमा हत्या गरिएकी बालिकाको परिवारलाई हालसम्म सहानुभुती समेत प्रकट गरेको छैन ।
श्निबार साँझ सम्पर्कबिहीन भएकी विराटनगर– ८ बलुवाहीकी ११ वर्षीया रुमती दासको शव आईतबार बिहान सिंघिया खोला किनारमा भेटिएको थियो । सिंघिया खोला किनारमा बस्दै आएकी बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भीक निष्कर्ष निकालेको छ ।
तर नजिकै रहेको प्रदेश सरकारले अहिलेसम्म पिडित परिवारलाई सान्त्वना पनि दिएको छैन ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।