एजेंसो, माघ १८
हाल ३१ वर्ष भएका बेन्जिमाले आफ्नो करिअर दौरान ला लिगामा कूल १ सय ३६ गोल गरेका छन् । त्यस्तै, च्याम्पियन्स लिगमा ४७ गोल गर्दा कोपा डेल रेमा २० गोल गरेका छन् । उनले क्लब विश्वकपमा ३ गोल गर्दा स्पेनिस सुपर कपमा २ गोल गरेका छन् । उनले युरोपियन सुपर कपमा पनि १ गोल गरेका छन् ।
यसै गोलको बिषयमा गए राति बेन्जिमाले नयाँ रेकर्ड बनाउन सफल भएका छन् । स्पेनिस रियल मड्रिडका फ्रेन्च फरवार्ड करिम बेन्जिमाले नयाँ रेकर्ड बनाएका छन् । उनी अब रियल मड्रिडको छैटौं सर्वाधिक गोलकर्ता बनेका छन् । २००९ देखि रियलका जर्सीमा देखिएका बेन्जिमा रियलका लागि सर्बाधिक गोल गने खेलाडीको छैटो खेलाडीको स्थान सुरक्षित गरेका छन् ।
स्मरण रहोस, रियलका लागो सर्बाधिक गोल गर्ने खेलाडी रियलका पुर्व खेलाडी क्रिस्टियानो रोनाल्डो रहेका छन् । उनले सबैखाले प्रतियोतिगा गरेर कूल ४५१ गोल गरेका छन् । उनीपछि राहुलले ३२३ गोल गर्दा डि स्टेफानोले ३०७ गोल गरेका छन् । त्यसैगरी, सान्टिललानाले २८८ गोल गर्दा पुस्कासले २३७ गोल गरेका छन् ।
स्मरण रहोस, रोनाल्डो यसै सिजन रियल छाडेर इटालियन युभेन्टसमा अनुबन्ध भएका थिए ।