विराटनगरमा ट्रिपर तेर्स्याएर ट्रिपर व्यवसायीले गरे सडक अवरुद्ध

विराटनगरमा ट्रिपर तेर्स्याएर ट्रिपर व्यवसायीले गरे सडक अवरुद्ध

विराटनगर, माघ १८
मोरङको सुन्दरहरैंचामा टिपरमाथि भएको आगजनीको विरोधमा विराटनगरमा टिपर व्यवसायीले सडक अवरुद्ध पारेका छन् ।

माघ १४ गते सुन्दरहरैंचामा ट्रिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि ७ वटा टिपरमाथि भएको आगजनीको विरोधमा विराटनगरमा टिपर व्यवसायीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

विराटचोक खोर्सानेबाट विरोध प्रदर्शन गर्दै आएका टिपर व्यवसायीलाई प्रहरीले विराटनगर प्रवेशद्वारको ढाटमा रोकेपछि उनीहरुले करिब दुई सय टिपर सडकमा तेस्र्याएका थिए ।

आगजनीको विरोधमा टिपर व्यवसायीले क्षतिपूर्ति पाउनुपर्ने, दोषीलाई कारवाही हुनुपर्ने मागसहित आन्दोलनमा उत्रिएको पूर्वाञ्चल टिपर व्यवसायी संघका कोषाध्यक्ष सन्दीप सिंह बताए ।

प्रदर्शनीमा उत्रिएका व्यवसायीलाई प्रहरीले विराटनगर गेटमा रोकेपछि सडक अवरुद्ध गरेका थिए । प्रहरीले रोकेपछि व्यवसायीले सडकमै टिपर राखेर नारावाजी गरिरहेका छन् ।

प्रहरीले बल प्रयोग गरी विरोध प्रदर्शन गर्न रोकेकाले व्यबसायीले सडक अवरुद्ध गरेका हुन् । माघ १४ गते टिपरको ठक्करबाट बालिका लक्ष्मी ढकालको मृत्यु भएपछि आक्रोशित स्थानीय वासिन्दाले सातवटा टिपरमा आगजनी गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.