विराटनगर, माघ १८
मोरङ क्रिकेट संघ र लायन्स क्लव अफ विराटनगर योंग हार्टको संयुक्त आयोजना विराटनगरमा यही माघ १९ गते हुने भनिएकोे ए डिभिजन क्रिकेट प्रतियोगिता विवादमा तानिएको छ ।
ए डिभिजनको निश्चित न्युनतम मापदण्ड तथा प्रकिया नै पूरा नगरी आएका टिमहरुलाई सिधै ए डिभिजन खेल भन्दै प्रवेश गराईएपछि प्रतियोगिता विवादमा तानिएको हो ।
साथै मोरङ क्रिकेटमा दर्ता नै नभएका टिमलाई समेत ए डिभिजन जस्तो महत्वपूर्ण शिर्षकमा खेल खेलाइन लागेको भन्दै सरोकारवालाहरुले विरोध जनाएका छन ।
यसअघि ए डिभिजन खेलिसकेका मोतीराम, वाईसीसी तथा डाँफे क्लवहरुलाई समेत समावेश नगराई सो खेल खेलाएकोमा सो प्रतियोगिताको आधिकारीकता माथि नै क्रिकेटप्रमीहरुले प्रश्न उठाएका छन् । हचुवा र मापदण्ड विनाका यस्ता प्रतियोगिता खेलाईदा खेलाडीको प्रदर्शन र खेलको स्तर विग्रने क्रिक्रेट जानकारहरुको भनाइ छ ।