छाउ बार्न बस्दा निसास्सिएर मृत्यु

छाउ बार्न बस्दा निसास्सिएर मृत्यु

डोटी : महिनावारी भएका बेला घरमा आगो बालेर सुतेकी डोटी पूर्वीचौकी गाउँपालिका– ५ की २१ वर्षीया पार्वती बोगटीको बुधबार राति निसास्सिएर मृत्यु भएको छ । झरी परेर ओसिएको कोठामा आगो तापेर एक्लै सुुतेकी उनी बिहीबार बिहान मृत भेटिएकी हुन् ।,याे समाचार कान्तिपुरमा माेहन शाहीले लेखेका छन् ।

आफ्नो घरभन्दा केही परको खाली घरमा सुतेकी बुहारी बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा मृत अवस्थामा फेला परेको सासू लक्ष्मी बोगटीले बताइन् । ‘पाँचौं दिनमा चोखिन्छु भनेर खुसी थिई, आगो बालेर सुतेकी रहिछ,’ लक्ष्मीले भनिन्, ‘विचरी सधैंका लागि आँखा चिम्लेर गई ।’

शनिबारदेखि छाउ बार्दै आएकी पार्वती त्यो दिन छाउगोठमा अरू तीन जना थपिएर ठाउँ नपुगेपछि नजिकैको घरमा सुत्न गएकी थिइन् । उनी सुतेको साँघुरो कोठामा सानो झ्याल र ढोका छ । लक्ष्मीका अनुसार पार्वती झ्याल–ढोका बन्द गरी आगो बालेर सुतेकी थिइन् । उनका केही लुगा पनि जलेका छन् । खरानी कोठाभरि छरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.