हातेमालोको सरसफाई कार्यक्रम सम्पन्न, आफ्नो ठाउँ सँधै सफा राख्न नेता अर्यालको सुझाव

१९ माघ ७५, शनिबार
Share this
693shares

विराटनगर, माघ १९
सामाजिक संस्था परिवर्तनका लागि हातेमालोको कटहरी शाखाले साप्ताहिक सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । शखाले आज मोरङको कटहरीमा सडक तथा सडकको पेटी लगायतका ठाउँहरुमा सरसफाई गरेको थियो ।

Advertisement

सरसफाई कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, विश्व सरसफाई अभियान्ता राजमान मानव लगायतको उपस्थिती रहेको थियो ।

Advertisement

कार्यक्रममा संस्थाकी उपाध्यक्ष स्वेता कामतले स्थानीय सरकारले सरसफाईमा सहयोग नगरेको गुनासो गरिन् । कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य अर्यालले एकदिन सफासफाई गरेर कुनै ठाउँ सफा नहुने बताउँदै आफ्नो ठाउँ सँधै सरसफाई गर्न स्थानीयलाई सुझाव दिएका थिए ।

उनले स्थानीय सरकारलाई भनेर फोहोर ब्यबस्थापनमा पहल गर्ने बताए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top