संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चद्धारा प्रदेशसभा भवन अगाडी धर्ना

संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चद्धारा प्रदेशसभा भवन अगाडी धर्ना

विराटनगर, माघ २०
प्रदेश नं. १ को हिउदे अधिवेसन सुरु भएसँगै किराँत, लिम्बुवान वा खम्बुवान नाम माग गर्दै संसद भवन अगाडि लोकतान्त्रीक राष्ट्रिय मञ्चले १ घण्टा धर्ना दिएको छ ।

संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनको नेतृत्वमा उनीहरुले धर्ना बसेका थिए । संसद भवन अगाडि धर्ना दिएका लिम्बुवान संगठन सम्बद्ध नेताहरुले ३ बजे शुरु भएको अधिवेशन लाई प्रभावीत पार्नेगरी धर्ना दिएका थिए ।

वाक्लो सुरक्षा व्यवस्थाका बिच प्रदेश सभाको हिउँदे अधिवेशन सञ्चालन भएको थियो । कार्यक्रममा सुनसरी , झापा र मोरङका विभिन्न स्थानबाट बाक्लो संख्यामा सो पर्टीका कार्यकर्ताको उपस्थिती रहेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.