×

NEPAL TIMES UPDATES

Playing
एमालेका बाँस्कोटा र तामाङ बिच ‘कोल्ड वार’ || Nepal Times
Mar 14, 2026
Playing
USS त्रिपोली इरानतर्फ हिड्यो, अब्राहम लिंकन र जेराल्ड फोर्ड काम नलाग्ने भए ?|| Nepal Times
Mar 14, 2026
Playing
साउदीमा इरानको भीषण आक्रमण, ५ युएस विमान क्षतिग्रस्त, नेपाली ब्यारेकमा हमला|| Nepal Times
Mar 14, 2026
Playing
काँग्रेसले भोली समानुपातिक सांसद छान्ने || Nepal Times
Mar 14, 2026
Playing
Top 15 Afternoon News || Mar-14-2026 || Nepal Times
Mar 14, 2026
Playing
पुराना दलहरु यसपटक प्रत्यक्षसहित समानुपातिकमा पनि कसरी गुल्टिए ?|| Nepal Times
Mar 14, 2026
Playing
लेबनानस्थित नेपाली ब्यारेकमा पनि Israelको आ क्रम ण || Nepal Times
Mar 14, 2026
Playing
इरानविरुद्ध यु द्ध लम्बिन सक्ने संकेत|| Nepal Times
Mar 14, 2026
Playing
समानुपातिक सांसद टुंग्याउन रास्वपाको बैठक|| Nepal Times
Mar 14, 2026
Playing
ट्रम्पको दाबी: खार्ग टापुका सैन्य शिविरमा आ क्रमण|| Nepal Times
Mar 14, 2026

स्वास्थ्य संस्थामा प्रसूति गराउनेको संख्यामा वृद्धि

१९ पुष २०७४

तेह्रथुम, पुस १९
तेह्रथुममा स्वास्थ्य संस्थामै गएर प्रसूति गराउने महिलाको संख्या बढेको छ । घरमै प्रसूति हुने तथा बढी जोखिम हुनसक्ने भन्दै स्वास्थ्य संस्थाबाट प्रसूति गराउने महिलाको संख्या बढेको हो ।

जिल्लाको दुर्गम गाउँका बासिन्दामा समेत सुत्केरी गराउन स्वास्थ्य संस्थामै जानुपर्छ भन्ने सोचको विकास हुँदै गएको हो । आर्थिक वर्ष २०७३/७४ मा जिल्लाका स्वास्थ्य संस्थाबाटै ६ सय ९० जनाले प्रसूति गराएका छन् । त्यसमध्ये ५ सय ५५ जनाले साधारण प्रसूति सेवा लिएका छन् । बाँकी ७१ जनाको प्रसूति शल्यक्रिया गरेर गरिएको छ भने ६४ जनाले आकस्मिक प्रसूति सेवा लिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यो संख्या अघिल्लो वर्षको भन्दा १०० ले बढी हो ।

अघिल्लो आव २०७२/७३ मा जिल्लाका स्वास्थ्य संस्थाबाट ५९० जनाले मात्रै प्रसूति गराएका थिए । चालू आवको हालसम्मको अवधिमा पनि प्रसूति गराउनेको संख्या बढ्दो देखिएको कार्यालयका प्रमुख डा मुक्तिनारायण शाहले बताए । जिल्ला अस्पतालमा मात्रै चालू आर्थिक वर्षको असोज मशान्तसम्ममा १ सय १२ जनाले प्रसूति सेवा लिएका छन् ।

जिल्लाबाट भरपर्दाे स्वास्थ्य सेवाका लागि भन्दै सेवाग्राही धरान र विराटनगरका सुविधासम्पन्न अस्पतालमा झर्ने गर्छन् । तर पछिल्लो समय जिल्ला स्वास्थ्य कार्यालय र अस्पताल विकास समितिको चुस्त व्यवस्थापनले सेवाग्राहीमा जिल्लाकै स्वास्थ्य संस्थाप्रतिको विश्वास बढ्दै गएको देखिएको छ ।

स्वास्थ्य चेतना बढ्दै गएकाले ग्रामीण भेगका महिलासमेत सुत्केरी हुन जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलगायतका स्वास्थ्य संस्थामा जान थालेका छन् ।

“घरमा सुत्केरी हुँदा हुने जोखिम र स्वास्थ्य संस्थामा हुने फाइदा जानेपछि महिला स्वास्थ्य संस्थामै आउन थाले”, कार्यालयका जनस्वास्थ्य निरीक्षक लभरेञ्ज शाहले भने, “स्वास्थ्य संस्थामै आएर प्रसूति गराउँदा पाइने प्रोत्साहन र यातायात खर्चले समेत सहज बनाएको छ ।”

उनका अनुसार स्वास्थ्य संस्थामै गएर प्रसूति गराउने महिलालाई सरकारले यातायात खर्चवापत रु एक हजार उपलब्ध गराउँदै आएको छ भने गर्भवती भएपछि नियमित जाँच गरेवापत प्रोत्साहनस्वरुप थप ४०० रुपैयाँ दिने गरेको छ ।

जिल्लामा सदरमुकाम म्याङ्लुङमा रहेको जिल्ला अस्पतालमा आकस्मिक शल्यक्रियासहितको प्रसूति सेवा र सामान्य प्रसूति गरी दुवै सेवा उपलब्ध छ ।
रासस

भर्खरको समाचार

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

सम्बन्धित खबरहरु

Scroll to Top