विराटनगरमा मजदुर चढेको पोलमा विद्युत प्रवाह हुँदा तीन जना घाईते

विराटनगर, माघ २१
विराटनगरमा जारी विकास निर्माणको क्रममा पोल सार्ने र बिजुलीको तार लगाउने क्रममा करेन्ट प्रवाह हुंदा तीन जना मजदुर घाइते भएका छन् । काम गरिरहेको पोलमा विद्युत प्रवाह हुंदा तीन मजदुर करेन्ट लागेर पोलबाट झरेका हुन् ।

Advertisement

भृकुटीचोकमा रहेको ट्रान्सफर भएको पोलमा चढेका मोरङको बुढीगंगा गांउपालिका ४ का ३५ बर्षिय रहिम मियां,सोहि स्थानका २२ बर्षिय संजित पासवान र २० बर्षिय मुकेश पासवान करेन्ट लागेर तल झरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घाइते तीनैजनाको विराटनगरस्थित विराट अस्पतालमा उपचार भइरहेको छ । विद्युत प्राधिकरणको विराटनगर वितरण केन्द्रका प्रमुख राजीब सिंहले भने लाइन सुचारु रहेको पोलमा मजदुर चढेका कारण घटना भएको बताएका छन् ।

Advertisement

सडक विस्तारका क्रममा सार्नुपर्ने पोलका लागि आफुहरुलाई भृकुटी फिडरमा लाइन काट्न भनिएको थियो उनले भने हामीले पनि त्यही अनुसार लाइन काटेका थियौ तर मजदुर भने विराटनगर फिडरको करेन्ट प्रवाह भएको पोलमा चढेका रहेछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top