Nepal Times
Nepal Times
3
Shares

मिस प्रदेशकोे अडिसन माघ २५ र २६ मा

मिस प्रदेशकोे अडिसन माघ २५ र २६ मा

विराटनगर, माघ २१
जय मिडिया म्यानेजमेन्ट प्रा.लि. को आयोजनामा ‘मिस प्रदेश नं. १’ को अडिसन आउँदो शुक्रबार इटहरीमा हुने भएको छ । एक पछि अर्को गर्दै मनोरञ्जनात्मक विभिन्न इभेन्टहरु गर्दै आएको जय मिडिया म्यानेजमेन्टले देश संघीय संरचनामा गएसँगै पहिलो पटक मिस प्रदेश गर्न लागेको हो ।

शुक्रबार इटहरी र दोस्रो अडिसन शनिबार विराटनगरमा गर्ने जय मिडिया म्यानेजमेन्ट प्रालिका कार्यकारी निर्देशक निशा खतिवडाले जानकारी दिइन् । ‘किशोरीहरूमा भएको प्रतिभा उजागर गर्ने मिस प्रदेशको तयारी गरिएको हो,’ निशाले भनिन्, ‘माघ २५ गते इटहरी र २६ गते विराटनगरमा अडिसन हुनेछ ।’

विभिन्न चरणको अडिसनबाट २५ जना किशोरीलाई फागुनको तेस्रो साता विराटनगरमा हुने फाइनलका लागि छनौट गरिनेछ । छनौटमा उत्कृष्ट हुने प्रतियोगिहरु फाइनलमा पुग्ने उनले बताइन ।

अडिसनको लागि आवेदन खुल्ला गरिएको छ । अडिसनबाट छनौट भएका किशोरीहरूलाई बन्द प्रशिक्षण दिइनेछ । जहाँ विभिन्न क्षेत्रका विज्ञहरूबाट जानकारीको साथै प्रशिक्षण दिइने बताइएको छ । प्रतियोगिताको विजेताले १ लाख रुपैयाँको साथै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.