द्रुतमार्गको नयाँ डिपिआर तयार, सुरुङको दुरी बढ्ने

काठमाडौँ : नेपाली सेनाले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को अन्तिम प्रतिवेदनको मस्यौदा प्राप्त गरेको छ । द्रुतमार्गको डिपिआर दक्षिण कोरियाको सोसुंग इन्जिनियरिङ कन्सल्टेन्सीले तयार पारेको हो । सेनाले डिपिआर अध्ययन गरेपछि अन्तिम रुप दिइने बताइएको छ ।

Advertisement

सेनाका अधिकारीहरुले कोरियन कम्पनीले उपलब्ध गराएको डिपिआर अध्ययनमा दुई साता जति लाग्ने जनाएका छन् ।

कोरियन कम्पनीले १० करोड १५ लाख रुपैयाँको लागतमा द्रुतमार्गको डिपिआर तयार पारेको हो । यसअघि द्रुतमार्गको डिपिआर तयार पारेको हो । यसअघि द्रुतमार्गको डिपिआर तयार पारेको भारतीय कम्पनी आइएल एन्ड एफएसले डिपिआरको मूल्य ६१ करोड रुपैयाँ तोकेको थियो ।

Advertisement

अत्यधिक महँगो मूल्य तोकिएका कारण सेनाले पुरानो डिपिआर खरिद गर्नुको साटो नयाँ बनाउने निर्णय गरेको थियो ।,यो समाचार आजको नागरिक दैनिकमा छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top