औषधि खरिदका लागि दैनिक ७ करोड रुपैयाँ बाहिरिदै

२२ माघ ७५, मंगलबार
Share this
759shares

काठमाडौँ : सरकारले स्वदेशी औषधि उत्पादनलाई उच्च प्राथमिकतामा राख्दै आएको दाबी गरे पनि औषधि खरिदमा दैनिक ७ करोड रुपैयाँ विदेसिने गरेको छ ।, यो खबर आजको राजधानी दैनिकमा छ।

Advertisement

स्वदेशमै उत्पादन गरी आत्मनिर्भर बन्ने सरकारी योजना भए पनि औषधि खरिदमा दैनिक ६ करोड ८० लाख रुपैयाँ विदेशमा पठाउनुपर्ने बाध्यता रहँदै आएको छ। यस हिसाबले औषधिमा मात्रै वार्षिक झन्डै २५ अर्ब रुपैयाँ बाह्य देशमा पुग्ने गरेको देखिन्छ।

भन्सार विभागका अनुसार नेपालमा भारत, बंगलादेश, चीन, बेल्जियम, जर्मनी, इन्डोनेसियालगायत ५० भन्दा बढी देशबाट औषधि आयात भइरहेको छ। तर, नेपालमा उत्पादन भएका औषधि भने दैनिक ५ करोड ५० लाख रुपैयाँबराबरको थोक मूूल्यमा खपत हुने गरेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top