प्रदेश १ मा सात महिनामा ६ प्रतिशत मात्रै बजेट खर्च

विराटनगर, माघ २२
चालु आर्थिक वर्षको सात महिनाको अवधिमा १ नं. प्रदेश सरकारले ६ प्रतिशत मात्र चालू र पुँजीगत बजेट खर्च गरेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको माघमहिनाको तेश्रो हप्तासम्ममा ६ दशमलब २६ प्रतिशत मात्र बजेट खर्च गरेको हो ।

प्रदेश लोखा नियन्त्रण कार्यालयका अनुसार चालू आवको ०७५/०७६ को माघ महिनाको तेस्रो सातासम्म कुल बजेट ३५ अर्ब ९३ करोड मध्ये २ अर्ब २५ करोड १२ लाख रुपैयाँ मात्रै खर्च भएको छ । जसमध्ये चालू खर्च नै बढी भएको छ ।

यो अवधिमा चालु तर्फ १ अर्ब ६६ करोड १७ लाख रुपैया खर्च भएको छ,भने पुर्जीगत तर्फ जम्मा ५८ करोड ९४ लाख रुपैया मात्र खर्च भएको अबस्था देखिन्छ ।

Advertisement

पुँजीगततर्फ १८ अर्ब ५० करोड ५० लाख बजेट छुट्याएको थियो । यो अवधिमा पुँजीगत तर्फको खर्चको अबस्था तीन दशमलब १२ प्रतिशत मात्रै प्रदेश सरकारले खर्च गर्न सकेको छ ।

चालू तर्फ १४ अर्ब ९२ करोड १८ लाख बजेट छुट्टयाएको मध्ये ६ दशमलव ९७ प्रतिशत मात्रै खर्च भएको छ । सात महिनाको अबधिमा प्रदेश सरकारको सबैभन्दा धेरै बजेट भएको भौतिक पूर्वाधार मन्त्रालयको जम्मा बजेट खर्च शून्य दशमलब ६४ प्रतिशत मात्र भएको छ । जसमध्ये पनि पुँजीगत खर्च शून्य दशमलब २ प्रतिशत मात्रै भएको छ ।

Advertisement

यो अबधिमा सबै भन्दा वढी पूँजीगत खर्च गर्ने भौतिक पूर्वाधार मन्त्रालय देखिएको छ । प्रदेश सरकारले भौतिक पूर्वाधार मन्त्रालयका लागि १६ अर्ब ३० करोड बजेट छुट्याएको छ । जसमा चालूतर्फ ५४ करोड ४० लाख ६९ हजार छ । चालूतर्फ भने भौतिक पूर्वाधारमन्त्रालयले १७ करोड २३ लाख ९५ हजार अर्थात् १०.५४ प्रतिशत खर्च गरेको छ ।

पुँजीगततर्फ भने १५ अर्ब ७५ करोड ६० लाख बजेट छुट्टयाएकोमा शून्य दशमलब २ प्रतिशत मात्रै अर्थात् ५१ करोड ५१ लख ६८ हजार मात्रै खर्च भएको छ । अन्य मन्त्रालयको अहिलेसम्मको खर्चको अबस्था हेर्दा निराशाजनक रहेको प्रदेश लेखा नियन्त्रक बालकृष्ण थापाले बताए ।
प्रदेश सरकारका ंआर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङम्बोले नीति निर्माणमा समय धेरै गएकोले अब भने सरकारले गति लिने दाबी गर । उनले भने ‘अब विकासे योजना अगाडि बढ्छ ।’

कानुन, कर्मचारी र संयन्त्रको अभावले बिकास बजेट खर्च हुन नसकेकोे आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । चालु आर्थिक बर्षका लागि प्रदेश नं. १ ले अन्य प्रदेशको भन्दा ठुलो आकारको बजेट ल्याएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top