×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

गुरुकुलको हलभित्रै दर्शक रोएपछि…

२२ माघ २०७५

विराटनगर, माघ २२
अहिलेको संवेदनहीन समयमा सामान्य घटनाक्रममा कोही पनि रुँदैन । नेपाली समाज यति धेरै संवेदनहीन भइसक्यो कि आफन्तकै मृत्यु हुँदा पनि आँसु झर्दैन । तर, विराटनगरको आरोहण गुरुकुल सुशीला कोइराला नाटकघरमा मंगलबारदेखि सुरु भएको मुनामदन नाटकले जस्तोसुकै कठोर मन भएको व्यक्तिलाई रुवाउन बाध्य बनाउँछ ।

Advertisement

मुनामदन महाकवि लक्ष्मीप्रसाद देवकोटाको सर्वाधिक चर्चित र लोकप्रिय कृति हो । युवा साहित्यकार कटवाल दीपकले नाटकमा रुपान्तरण गरेका हुन् । नाटकको निर्देशन सविन कट्टेलले गरेका छन् । ‘यो नाटकले ढुंगाकै मन भएकालाई पनि पलाग्छ,” उद्योगी नन्दकिशोर राठीले भने, ‘महाकविको कृतिलाई कलाकारहरुले न्याय गरेको पाएँ ।’

फागुन २ गतेसम्म हरेक दिन दुई शो मञ्चन गरिनेछ नाटक । मुनामदनको श्लोक वाचन गरेर विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नाटक मञ्चनको उद्घाटन गरेका थिए । उनले साहित्य, संगीत र कलाकारिता क्षेत्रलाई महानगरको सधैं साथ र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे । पराजुलीले आफूले गत वर्ष पनि नाटक हेरेको बताउँदै भने, ‘त्यतिबेला आँसु थाम्नै सकेको थिएन ।”

कार्यक्रममा प्राज्ञ विवश पोखरेल, नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, प्याब्सनका केन्द्रीय सल्लाहकार टीकाराम पुरी, आयोजक संस्थाका प्रमुख सल्लाहकार मीनकुमार नवोदितलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उनीहरुले जस्तोसुकै कठोर मन भएको दर्शकलाई पनि मुनामदनले रुवाउने प्रतिक्रिया दिए । संगठनका अध्यक्ष घिमिरेले विद्यार्थी कलाकारलाई प्रोत्साहनस्वरुप ११ हजार रुपैयाँ प्रदान गरे । अहिलेको बेरोजगारी समस्यासँगै नेपाली समाजको प्रतिबिम्बका रुपमा मुनामदन पुस्तुत भएको उनको कथन थियो ।

‘मैले त सुरुदेखि नै आँसु थाम्न सकिँन,” खोटाङ हलेसी नगरपालिकाकी उपमेयर विमला राईले भनिन्, ‘यस्तो नाटक त कहिल्यै पनि हेरेको थिइन् ।” विराट आदर्श साहित्य मञ्चनको आयोजना सुरु भएको नाटकमा लकेश लम्साल, सरु कटवाल, सम्झना आचार्य, वर्षा न्यौपाने, मिलन चाम्लिङ, जीविका लिम्बू, नवराज गिरी, मुस्कान तिम्सिना, नवराज नेपाल, रेजन राई, सन्देश बाराकोटीलगायतले अभिनय गरेका छन् ।

नाटकका सबै कलाकार विद्यार्थी हुन् । मञ्चले युवापुस्तालाई सिर्जनात्मक गतिविधिमा संलग्न गराउँदै सकारात्मक सोच र असल नागरिक बन्न प्रेरित गर्दै आएको अध्यक्ष कट्वाल दीपकले जानकारी गराए । मञ्चनमा मोरङका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी आबद्ध छन् ।

Advertisement

नाटक हेर्न प्राध्यापक टुनराज भट्टराई, प्याब्सन मोरङका सल्लाहकार सुनिल पौडेल, सचिव प्रेम सुवाल, सहसचिव विष्णु डंगोल, विराटनगरका अध्यक्ष इन्द्र राई, सचिव अर्जुन श्रेष्ठ, कोषाध्यक्ष शिव अधिकारीसहित साहित्यकारहरुको बाक्लो उपस्थिति थियो । यसअघि पनि यो नाटक आरोहण गुरुकुल, काठमाडौंको शिल्पी थिएटर र विराटचोकमा मञ्चन भइसकेको छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top