विराटनगरमा हुने साफ महिला फुटबलमा प्रधानमन्त्रीलाई निम्तो

विराटनगरमा हुने साफ महिला फुटबलमा प्रधानमन्त्रीलाई निम्तो

विराटनगर : विराटनगरमा हुने साफ महिला फुटबल उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो गरिने भएको छ । प्रधानमन्त्रीलाई निम्तो गर्न विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली काठमाडौँ पुगेका छन् । ‘प्रधानमन्त्रीबाट प्रतियोगिता उद्घाटन गराउने योजना छ ’ उनले भने ‘बुधबार औपचारिक आग्रह गर्छौँ ।’

फागुन २८ देखि आयोजना हुने साफ महिला फुटबल च्याम्पियनसिप प्रतियोगिताको तयारीका लागि अहिले मैदान(सहिद रंगशाला) मर्मतको काम तीव्र बनाईएको छ ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.