एजेन्सी, माघ २३
आज हुने इएल क्लासिको यानिकी बार्सिलोना र रियल मड्रिडको खेलको प्लेइंग लिस्टमा मेस्सी पर्ने नपर्ने भन्ने कुरा अझै पनि टुंगो नलागेको बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले भने । उनले मेस्सीबारे अन्तिम समयमा मात्रै आफूले निर्णय लिने बताएका छन् । यसअघि भएको खेलमा ५ गोलले बार्सिलोनाले रियललाई हराएको थियो । यस्तो छ सम्भावित बार्सिलोनाको मैदानमा उत्रिने पहिलो टोली
गोल किपर : टेर स्टेगन, जेराड पिके, जोर्डी अल्बा, सर्जी रोबोटो, नेल्सन सेमेड़ो, इभन रकिटिक, बस्केट्स, अर्थर, फिलिपे कौटिन्हो, लुइस सुआरेज , मेस्सी
यता रियल मड्रिडको टोली भनी सुरुवातदेखि नै संघर्ष गर्दै आएको छ । यस अघिको खेलमा ५ गोलले हार खेपेको रियललाइ यो खेल जितेर पुरानो घाऊमा मलम लगाउने मौका हुन सक्छ । आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछि मुख्य स्ट्राइकरको कमि भएको उनीहरुलाइ थाहा छ । त्यसकारण स्ट्राइकरको छनोटले ठुलो भूमिका खेल्ने छ । सम्भबत यस्तो छ रियलको मुख्य प्लेइंग लिस्ट
गोलकिपर : केलर नाभास, सर्जियो रामोस, मार्सेलो, राफेल भरान, ड्यानि कार्भाहाल, लुक मोद्रिक, टोनी क्रुस, कासेमिरो, ग्यारेथ बेल , करीम बेन्जिमा, भिनिसियास जुनियर