उद्यमीहरुलाई वित्तिय पहुँच पुर्याउन साक्षरता

उद्यमीहरुलाई वित्तिय पहुँच पुर्याउन साक्षरता

विराटनगर, माघ २३
प्रदेश नं. १ का का साना उद्यमीहरुलाई वित्तिय क्षेत्रमा पहुँच पु¥याउने उदेश्यले बुधबार विराटनगरमा एकदिने वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको आयोजना तथा एनएमबि बैंकको सहकार्यमा प्रदेशका विभिन्न जिल्लाका लघु घरेलु तथा साना उद्यमीहरुलाई बैंक तथा वित्तिय संस्थाहरुमा वित्तिय पहुँच पु¥याउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका द्धितिय उपाध्यक्ष चेतन निरौलाले सानो लगानी गरेर उद्योग व्यवसाय सञ्चालन गर्नेहरु अझैपनि बैंक तथा वित्तिय संस्थाको पहुँचमा पुग्न नसकेकाले बैंकले प्रवाह गर्ने ऋण लगानीको प्रकृया, धितो र सरकारले लक्षित वर्गका लागि उपलब्ध गराउने ऋणका विषयमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय उपाध्यक्ष मुकेश उपाध्याय, महिला उद्यम समितिकी केन्द्रीय अध्यक्ष मञ्जु उपाध्याय, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, लगायत उदयपुर, झापा, मोरङ र सुनसरी जिल्लाका उद्यमीहरुको सहभागिता रहेको थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष नरेन्द्र हुमागाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघ प्रदेश १ का महासचिव भैरव रिजाल, महिला उद्यम समिति प्रदेश १ कि अध्यक्ष नमिता न्यौपानेलगायतले लघु, घरेलु तथा साना उद्योगीहरुलाई बैंकको पहँचमा पु¥याउन राज्यले विषेश योजना बनाउनुपर्ने औल्याएका थिए ।

कार्यक्रममा एनएमबि बैंक प्रदेश १ का कर्जा प्रमुख अशोक क्षेत्रीले बैंकका लगानीको सिमा, ऋणलगानीका प्रकृया लगायतका विषयमा सहभागीहरुलाई प्रस्ट्याएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.