पप्पुका मालिकलाई निलम्बन नगर्न भन्दै सभामुख घेराउ

पप्पुका मालिकलाई निलम्बन नगर्न भन्दै सभामुख घेराउ

काठमाडौं : नियमविपरीत निर्वाचित सांसद हरिनारायणप्रसाद साह रौनियारलाई निलम्बन गरिएको भन्दै संघीय समाजवादी फोरम नेपालको संसदीय दलले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई बुधबार निलम्बन फुकुवा गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

फोरम प्रमुख सचेतक उमाशंकर अरगरिया, पार्टी महासचिव तथा सांसद रामसहाय प्रसाद यादबसहितको सांसदको टोलीले सभामुखको कार्यालयमा भेटेर सांसद रौनियारको गैरकानुनी निलम्बनको बारेमा जानकारी गराएका थिए ।

गत शुक्रबार बसेको संसदीय दलको बैठकले सांसद रौनियारको निलम्बन गैरकानुनी भएकाले तत्काल संसदीय गतिविधि गर्नका लागि फुकुवा गरिदिनुपर्ने निर्णय गरेको थियो ।

सभामुखसँगको भेटपछि सांसद रामसहाय प्रसाद यादबले कानुनमन्त्री र अन्यसँग सल्लाह गरेर उपयुक्त निकास दिने आश्वासन पाएको जनाउनुभयो ।

रौनियार पर्साबाट निर्वाचित सांसद हुनुहुन्छ । सांसद रौनियारले सञ्चालन गर्दै आएको पप्पु कन्ट्रक्सनले धेरैवटा पुल तथा सडक अलपत्र पारेको आरोप लागेको छ ।,यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.