×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

डीपीएल विजेताले ३० लाख पाउने

२४ माघ २०७५

काठमाडौं, माघ २४
यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको विजेताले रू. ३० लाख पाउने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले विगतका संस्करणझैं यसपटक पुरस्कार सर्वाधिक धनराशिको रहने जानकारी दिए ।

उनले प्रतियोगिताको पुरस्कार राशिमा २० प्रतिशत बढाइएको बताउँदै प्रतियोगिताको कुल पुरस्कार राशि रू. ६० लाख रहेको बताए । त्यसमा विजेताले रू. ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले रू. ४ लाख तथा चौथो हुने टोलीले रू. २ लाख पाउनेछन् । आयोजकका अनुसार मैदान तथा प्राविधिक व्यवस्थापनको काम लगभग सकिएको छ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट मान्यता प्राप्त प्रतियोगिता डीपीएल–३ मा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ ।

Advertisement
Advertisement

सबै टोलीमा १२ ‘अक्सन’बाट लिइएका खेलाडी (स्थानीयसहित), एक रणनीतिक खेलाडी र दुईजना विदेशी खेलाडी रहने छन् । प्रतियोगिताको ‘गुडविल एम्बास्डर’मा दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर जोन्टी रोड्स रहेका छन् । रोड्स बिहीबार धनगढी पुग्ने कार्यक्रम रहेको छ । यस्तै प्रतियोगिताको गोल्डस्टार मोष्ट भेल्युएवल प्लेयरलाई गोल्डस्टार सुनको जुत्ता दिइनेछ । प्रत्येक खेलका नबिल बैंक म्यान अफ द म्याचलाई रू. १५ हजार, म्यान अफ द सिरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

Advertisement

प्रतियोगिता सम्पन्न गर्न रू. ५ करोड खर्च हुने आयोजकको अनुमान छ । पहिलो संस्करणको डीपीएलको बजेट रू. १ करोड ८२ लाख थियो भने कुल पुरस्कार रू. २८ लाख ५० हजार थियो । यस्तै दोस्रो संस्करणमा रू. ३ करोडको लागतमा प्रतियोगिता सम्पन्न भएको थियो, जसमा विजेतालाई रू. २५ लाखसहित कुल रू. ५० लाख पुरस्कार प्रदान गरिएको थियो ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top