एजेन्सी, माघ २५
अघिल्लो वर्ष लागेको खुट्टाको चोट बल्झिएका नेमार अहिले आराम गरिरहेका छन् । सोहीक्रममा उनले टिममेट ड्यानी आल्भेस, केलिएन एमबाप्पेलगायत अन्य नजिकका व्यक्तिसँग जन्मदिन मनाए ।
यही वर्ष २७ टेकेका नेमारले भाबुक हुदै अचम्मको उपहार मागेका छन् । सो अवसरमा नेइमारले निकै भावुक कुरा गरेका छन् । उनले जन्मदिन मनाउनेक्रममा आफूले समर्थकहरूबाट ‘नयाँ हड्डी उपहार चाहेको’ बताएका छन् । उनले सो उपहार दिन र लिन सम्भव नभए पनि आफूले त्यस्तै उपहार चाहेको भन्दै निकै भावुक कुरा गरेका छन् ।
तर, त्यसक्रममा नेइमारले गहिरो निराशा पोखे भने फ्यानहरूमा नाममा भावकु सम्बोधन गरे । उनले जन्मदिन मनाइसकेपछि आँखाभरि आँसु बनाउँदै भने– ‘मलाई यस जन्मदिनमा सबैभन्दा अत्यावश्यक उपहार भनेको खुट्टाको नयाँ हड्डी हो । जसका कारण म मैदानमा उत्रिन सकूँ । र, म त्यो सबैभन्दा बढी मन पराउँछु । म फुटबल खेल्न चाहन्छु ।’ जन्मदिन मनाउनेक्रममा नेइमारले आफ्ना साथीभाइ, सहकर्मी तथा फ्यानहरूलाई पनि धन्यवाद दिए । उनले आफूलाई कठिन अवस्थामा साथ दिने सबैलाई धन्यवाद ज्ञापन गरे । नेइमार गत जनवरी २३ मा स्ट्रासवर्गविरुद्धको खेलमा घाइते भएका थिए । नेइमार गत वर्ष पनि फेब्रुअरी महिनामा घाइते भएका थिए । उनी पछि रसिया विश्वकपमा ३ मैदान फर्किएका थिए ।