सरकारले संघीयताको कू गर्दैन : कानुन मन्त्री ढकाल

सरकारले संघीयताको कू गर्दैन : कानुन मन्त्री ढकाल

विराटनगर, माघ २६
कानुन,न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले संघीयताको कू गर्न नभई कार्यान्वय गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन । संघीयता कार्यान्वय नहुनेमा शंका नगर्न पनि उनले आग्रह गरे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङ कमिटीद्वारा शनिबार विराटनगरमा आयोजित पत्रकार सम्म्ोलनमा मन्त्री ढकालले यस्तो बताएका हुन ।

संघीयता हामी सबैले लडेर ल्याएको व्यवस्था हो उनले भने संघीयता कार्यान्वय गर्ने बिषयमा सरकार संवेदनशील भएर लागेको छ । उनले संघीयता समृद्ध गर्ने बिषयमा अधिकारको बाँडफाडको बिषयको सन्र्दभमा सरकारले कुनै आदेश वा अध्यादेश नल्याएर प्रस्ताव मात्र ल्याएको पनि बताए ।

शुक्रबार मात्र पार्टी अध्यक्ष पुष्पकमल दाहालले संविधानले व्यवस्था गरे अनुसार प्रदेश र स्थानीय तहलाई सरकारले अधिकार नदिएको भन्दै तीव्र असन्तुष्टि जनाएका थिए । उनले स्थानीय सरकारलाई कमजोर पार्ने र पूराना संरचनालाई बलियो बनाउने काम भइरहेको बताएका थिए । पार्टी अध्यक्ष दाहालको भनाई प्रति लक्षित गदै मन्त्री ढकालले अधिकार बाँडफाँडको बिषयमा प्रमुख जिल्ला अधिकारीेलाई अधिकार दिने,प्रदेश प्रहरीको अधिकार बाँडफाँड लगायतका बिषयमा पार्टी भित्र र बाहिर छलफल चलिरहेकाले संघीयता कार्यान्वयको सन्र्दभ र यसलाई व्यवस्थित गर्ने कुराहरु निरन्तर अगाडि बढीरहेको बताए ।

मन्त्री ढकालले संविधानत प्रदेश सरकारमा नै अधिकार दिने र समन्वय संघीय सरकारले गर्ने भन्ने कुरा एकातर्फबाट आएको र अर्को तर्फबाट एकात्मक मोडलबाट संघीयतामा गएकाले क्रमश अधिकार दिने कुरालाई पुर्णता दिदै जाने बताए । मन्त्री ढकालले संविधान कार्यान्वयका लागि आवश्यक कानून मध्ये अहिलेसम्म १ सय ६५ वटा कानुन निर्माण भई सकेको जानकारी दिए । अन्य बाँकी कानून निर्माणको सन्र्दभमा पनि ऐन संसोधन गरी १ सय ९ वटा कानून संसोधनको प्रकृयामा अघि वढाइएको उनले बताए

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.