संघमै बस्ने २ हजार शाखा अधिकृतको कार्यविभाजन टुंगो लाग्न बाँकी

संघमै बस्ने २ हजार शाखा अधिकृतको कार्यविभाजन टुंगो लाग्न बाँकी

काठमाडौं : कर्मचारी समायोजन प्रक्रियामा सहभागी प्रशासन सेवाका ४ सय ५६ शाखा अधिकृतले प्रदेश र स्थानीय तह रोजेका छन् ।,यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।

जसमध्ये ३ सय ५० जना शाखा अधिकृतले प्रदेश राजेका छन् । भने स्थानीय तह रोज्नेको संख्या १ सय ६ रहेको छ । कुल २ हजार ८ सय ८९ शाखा अधिकृतमध्ये बाँकी रहेका ४ सय ३३ जनाले संघ रोजेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । अझै २ हजार शाखा अधिकृतको कार्यविभाजनको टुंगो लाग्न बाँकी छ ।

त्यसै गरी प्रदेश तथा स्थानीय रोज्ने प्रशासनतर्फका १२ जना उपसचिवले प्रदेश र स्थानीय तह रोजेका छन् । प्रदेश रोज्ने उपसचिवको संख्या ८ रहेको छ भने ४ उपसचिवले स्थानीय तह रोजेका छन् । केही दिनभित्रै अन्य सेवा समूहका अधिकृतको तथ्यांक सार्जजनिक गर्ने मन्त्रालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.