धरणीधर राष्ट्रिय पुरस्कारमा तीनजना पुरस्कृत

धरणीधर राष्ट्रिय पुरस्कारमा तीनजना पुरस्कृत

विराटनगर, माघ २७
धरणीधर पुरस्कार प्रतिष्ठानले यस वर्षको राष्ट्रिय पुरस्कारबाट तीनजनालाई पुरस्कृत गरेको छ । यस वर्षको धरणीधर राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार एवं साहित्यकार मीनकुमार नवोदितलाई समर्पण गरेको छ ।

डेढ दशकaभन्दा लामो समयदेखि पत्रकारितालाई साहित्यमा सक्रिय नवोदितलाई प्रतिष्ठानले पत्रकारिता पुरस्कार प्रदान गरेको हो । १ सय २६ औं धरणी जन्यतीको अवसरमा १५ हजार राशिको धरणीधर राष्ट्रिय सम्मान नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, प्रदेश सांसद केदार कार्की, विराटनगर महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने र प्रतिष्ठानका अध्यक्ष कृष्णराज कोइरालाले पत्रकार नवोदितलाई दोसल्ला ओढाएर संयुक्त रुपमा नगद र सम्मानपत्र प्रदान गरेका थिए ।

त्यस्तै प्रतिष्ठानले यस वर्षको धरणीधर राष्ट्रिय कला पुरस्कारबाट वरिष्ठ कलाकार माया पौडेल र धरणीधर राष्ट्रिय साहित्य पुरस्कारबाट साहित्यकार मञ्जु श्रेष्ठलाई पुरस्कृत गरेको छ ।

विगतमा धरणीधर राष्ट्रिय पुरस्कारबाट एकजनालाई मात्रै पुरस्कृत गर्दै आएकोमा यस वर्ष पत्रकारिता, कला र साहित्य गरी तीन विधाका व्यक्तिलाई संयुक्त रुपमा प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष कृष्णराज कोइरालाले जानकारी दिए । त्यस्तै कार्यक्रममा प्रतिष्ठानले विराटनगर वडा नम्बर ११ र १२ नम्बर वडामा बसोबास गर्ने साहित्यकारहरू लावण्य सापकोटा, हरि बराल, सुमन पोखरेल, सरला चापागाईं, दीपक शम्भु, दयानाथ नेपाल, राधिका पन्थी, कविता केसरी, सीता लामिछाने, चन्द्रमणि न्यौपाने, फणिराज नेपालसहित ११ जनालाई सम्मान गरेको थियो ।

त्यस्तै दुवै वडामा बसोबास गर्ने भीमप्रसाद कोइराला, खड्गबहादुर अधिकारी, घनश्याम बराल, तिलकबहादुर थापा, कमल नेपाल, तारानाथ घिमिरे, धनकुमारी भट्टराई, मानकुमारी बञ्जारा, उत्तरा श्रेष्ठ, हरिप्रसाद भट्टराई र खड्ग रायलाई ज्येष्ठ नागरिक सम्मान प्रदान गरेको थियो । उनीहरूलाई पनि नेता कोइराला, सांसद कार्की र प्रतिष्ठानका अध्यक्ष कोइरालाले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा साहित्यकार देवी पन्थी, शिवनारायण पण्डित ‘सिंंगल’, लगायतले प्रतिष्ठानका गतिविधिका विषयमा जानकारी गराउनुभएको थियो । प्रमुख अतिथिसमेत रहेका कोइरालाले समाज रुपान्तरणमा साहित्यकारको महत्वपूर्ण भूमिका रहँदै आएको चर्चा गरे । सांसद कार्कीले जग्गा उपलब्ध गराए प्रतिष्ठानका लागि आफूले भवन बनाइदिने प्रतिबद्धतासमेत जनाए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.