×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ओली र प्रचण्डबीच सहमति : नेता पौडेल

काठमाडौं, माघ २७
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच सहमति भइसकेको बताएका छन् ।

आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भनेजुएला प्रकरणबारे बोल्दै उनले प्रम ओली र प्रचण्डबीच आगामी दिनमा मिलेर जाने तथा कुनै कार्य गर्नुपूर्व सल्लाह गरी निर्णय गर्ने सहमति भएको बताएका हुन् ।

Advertisement
Advertisement

‘यो विषयमा पार्टीको सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक हो । यसमा अब अल्झिनुपर्दैन् । उहाँहरुबीच पनि मेलमिलाप भइसकेको छ’, पौडेलले भने, ‘ पार्टी्भित्र अन्तरसंघर्षमा नफस्नेबारे पनि कुरा भएको मैँले पाएको छु।’

नेता पौडेलले भेनेजुएलाका विषयमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ती जारी गरेर कुनै गल्ती नगरेको स्पष्ट पार्दै भने, ‘नेपालस्थित् अमेरिकी राजदुत र पार्टीका अध्यक्ष प्रचण्डबीच हिजो भेटवार्ता भएको थियो । अब यो समस्या हल भइसक्यो । अमेरिकी राजदुतले अमेरिका भ्रमणका लागि निम्तो समेत दिइसक्नु भएको छ ।’

पौडेलले हिजोमात्रै नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच तीन घण्टा लामो भेटवार्ता भएको जनाए । उनले भने,‘ओली र प्रचण्डबीच सबै कुरा मिलिसक्यो । सहमति भैसक्यो । अब यसलाई अनावश्यक रुपमा उचाल्नु हुँदैन ।’

Advertisement

नेता पौडेलले वर्तमान सरकार गठन भएको एक वर्ष पुग्न लागेको सुनाउँदै यो एक वर्षको कार्यकाल हेर्दा सरकार उत्साहजनक नदेखिएको बताए । उनले भने, ‘सरकारले यो अवधिमा केही कामहरु गर्न प्रयत्न गरेको छ । त्यही भएर असफल नै भनेर भन्न मिल्दैन । दुई तिहाईको सरकारबाट जनताको अपेक्षा धेरै थियो । त्यो अनुसार काम नहुनाले आलोचना बढेको हो ।’

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top