जातिय पहिचान प्रवद्र्धनका लागि भन्दै मुख्यमन्त्रीलाई सम्मान

जातिय पहिचान प्रवद्र्धनका लागि भन्दै मुख्यमन्त्रीलाई सम्मान

विराटनगर, माघ २८
किराँत राई यायोख्खा मोरङले प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईसहित राई जातिका प्रदेश सांसद र पालिका प्रमुखलाई सोमबार सम्मान गरेको छ ।

मोरङको पथरीशनिश्चरेमा यायोख्खाको छैठौं जिल्ला अधिवेशनका अवसरमा मुख्यमन्त्री राईसहितलाई जातिय सांस्कृतिक पहिचान प्रवद्र्धन सहितको समानतापूर्वकको समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह हुने भरोसाका साथ सम्मानपत्र र फेटाले सम्मानित गरिएको उल्लेख छ ।

सम्मानित हुनेमा, प्रदेश सांसद कृष्णकुमारी राई, सुयर्माराज राई, संविधानसभा सदस्य चण्डीप्रसाद राईका साथै पथरीशनिश्चरे नगरप्रमुख दिलिपकुमार राई, लेटाङ नगर प्रमुख शंकर राई रहेका छन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.