×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गाउँलेले हिउँ पन्छाएपछि विमानस्थल सञ्चालनमा

२९ माघ २०७५

डोल्पा : हिमपातका कारण अवरुद्ध डोल्पाको जुफाल विमानस्थल सोमबारदेखि सञ्चालनमा आएको छ । स्थानीय बासिन्दाले धावनमार्गको हिउँ पन्छाएपछि विमानस्थल सञ्चालनमा आएकोहो ।,यो खबर आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

सुरक्षाकर्मी र स्थानीय बासिन्दाले दुई दिन लगाएर विमानस्थलमा जमेको हिउँ पन्छाएका हुन् । आइतबार एक सयभन्दा बढी स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा सुरक्षाकर्मी खटिएर धावनमार्गमा जमेको एक फिट अग्लो हिउँको परत पन्छाएको ठूलीभेरी नगरपालिका–९ का वडाध्यक्ष वीरमलकुमार भण्डारीले बताए ।

Advertisement
Advertisement

विमानस्थल सुचारु भएपछि सोमबार नेपालगन्जबाट तारा, समिट र नेपाल एयरलाइन्सले पाँच उडान भरेको विमानस्थल कार्यालयले जनाएको छ ।

हिउँ पन्छाउन मेयर गणेशबहादुर शाही, वडाध्यक्ष भण्डारी, जिल्ला प्रहरी प्रमुख डिएसपी अभदेश विष्ट, विमानस्थल सुरक्षाप्रमुख कमल शाह पनि खटिएका थिए ।

Advertisement

हवाई सेवा सुरु भएसँगै जुफालमा अलपत्र यात्रु गन्तव्यमा गएका छन् । त्यस्तै, दैनिक उपभोग्य सामान पनि ढुवानी गरिएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top